२०८२ मंसिर ११ गते
काठमार्डौ । कालिन्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष(२०८१/०८२)को सञ्चित नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले कुल ३ करोड १५ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने जनाएको छ ।
हाल कम्पनीको चुक्तापँजी ६० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया