कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन हुने

२०८२ असोज ०१ गते

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ । 


यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) र ८ गते अनिवार्य नेपाली (००२१) परीक्षा रहेको छ । 

Advertisement:

Ad
Ad


एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि पहिलो दिन नै सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको हो । 


त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । 
बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।