२०८० पुस १७ गते
एजेन्सी । जापानमा रनवेमा दुई विमानको ठक्करबाट भीषण आगलागी भएको छ ।
जापानको राजधानी टोकियोमा रहेको हनेडा विमानस्थलमा साँझ विमान आपसमा ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्याङबाट धुँवा निक्लिएको देखिन्छ ।
यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो ।
प्रतिक्रिया