२०८२ मंसिर १४ गते
काठमाडौ । नेकपा एमालेको यहि मंसिर २७ देखि २९ गते हुने महाधिवेसनले नयाँ नेतृत्व चुन्दैछ । तर एमालेमा बर्षौदेखि अध्यक्ष पदमा रहदै आएका केपी शर्मा ओली फेरी यसपटक पनि अध्यक्ष पदमा उठ्दैछन् । यसको पुष्टि महेश बस्नेतले गरेका छन् ।
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी ११ औ महाधिबेशनबाट फेरी ओलीलाई नै रोज्न आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मेरो हैन माटोको बोली, फेरी एकपटक केपी ओली ।' नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि चयन भएका प्रतिनिधिलाई बधाइ दिदै बस्नेतले फेरी एकपटक केपी ओली ल्याउँनु पर्ने बताएका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनका बेला कैयौ जेनजीले ज्यान गुमाएका थिए । ओली नै प्रधानमन्त्री पदमा भएको बेला प्रहरीलाई गोली चलाउन आदेश दिएको भन्दै उनलाई अपराधीको संज्ञा दिदै कारबाही हुनुपर्ने माग अझै पनि जेनजीहरुले गरिरहेका छन् । पार्टीको रिफर्म गर्नुपर्ने एमाले भित्रकै चाहना भएपनि अधिकांश नेता कार्यकर्ता ओलीको विरुद्ध खुलेर बोल्न सकिरहेका छैनन् भने कतिपयमा खुलेर बोल्दा पार्टीबाटै परास्त हुनुपर्ने डर देखिएको छ । यसकारण अधिकांश मौन छन् ।
व्यापक आलोचित बनेका ओलीले यसपटक नेतृत्वमा युवालाई अघि सार्ने आंकलन गरिएको थियो । केन्द्रिय कमिटिमा अझै ओली पक्षको बलियो दबदबा छ । आगामी महाधिबेसनमा अध्यक्ष पदका लागि इश्वर पोखरेलले पनि उम्मेव्दारी दिने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया