२०८२ जेठ ०९ गते
काठमाडौ । जलविद्युत कम्पनीहरुले निर्माण गर्नकै लागि सर्वसाधारणमा प्राथमिक सेयर जारी गरेर पैसा उठाउँदै आएका छन् । यसको आलोचना समेत हुदै आएको छ । अब भने सरकारले यस्ता कम्पनीहरुले सञ्चालन भएपछि मात्र आइपिओ जारी गर्न पाउने गरी व्यवस्था गर्न लागेको छ ।
सरकारले आर्थिक सुधार आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा जलविद्युत कम्पनीहरुले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक सेयर निष्कासन गर्न सक्ने उल्लेख छ । यो व्यवस्था २ वर्षभित्र कार्यान्वयनमा आइसक्ने जनाइएको छ ।
यसको कार्यान्वयन गर्ने निकाय अर्थमन्त्रालय र नियमन तथा सहजीकरण गर्ने निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तोकिएको छ ।
प्रतिक्रिया