सञ्चार मन्त्री खरेलद्वारा नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

२०८२ कात्तिक १९ गते

सञ्चार मन्त्री खरेलद्वारा नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्

काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पुगी सेवा शुभारम्भ गरेका हुन् सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए

Advertisement:

Ad
Ad

मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ   यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको दार्चुला, बझाङ, जाजरकोट मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पु¥याइसकेका छौँ   सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पु¥याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको , उनले भने

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँसहर, सुगमदुर्गम सबै क्षेत्रमा टेलिफोन इन्टरनेट सेवा पु¥याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए  

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको हाम्रो मुलुकका गाउँसहर, सुगमदुर्गम सबै क्षेत्रमा टेलिफोन इन्टरनेट सेवा पु¥याउने सन्दर्भमा आवश्यक काम भइरहेको नै ,उनले भने   

यसैबीच सञ्चारमन्त्री खरेले आजै इन्टरनेट सेवा सञ्चालनका क्रममा अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् ।