इन्भेष्टमेन्ट मेगा बैंकबाट सर्वसाधारणले साढे १ लाखभन्दा बढी संस्थापक सेयर किन्न मिल्ने गरी खुल्यो आवेदन

२०८२ जेठ ०९ गते

इन्भेष्टमेन्ट मेगा बैंकबाट सर्वसाधारणले साढे १ लाखभन्दा बढी संस्थापक सेयर किन्न मिल्ने गरी खुल्यो आवेदन

 काठमाडौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बाहिरिन खोजेको संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा सर्वसाधारण, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

यो सेयर बैंकका अन्य संस्थापकहरुले किन्न नमानेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।  सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । सात दिनको समय आजैबाट (जेठ ९) गणना हुनेछ । 

Advertisement:

Ad
Ad

इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरको मूल्य अहिले दोस्रो बजारमा १५६.२० रुपैयाँ रहेको छ ।