हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

२०८० माघ २६ गते

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ  । हिमालयन रि इन्स्योरेन्स (HRL) ले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement:

Ad
Ad

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेको खण्डमा सो लाभांश वितरण गरिनेछ।