भोलीबाट दशैं आरम्भ, घटस्थापनाको शुभ साइत कति बजे?

२०८२ असोज ०५ गते

भोलीबाट दशैं आरम्भ, घटस्थापनाको शुभ साइत कति बजे?

काठमाडौं । हिन्दूहरूको महान चाड विजयादशमीको सुरुवात घटस्थापनाबाट हुन्छ । घटस्थापनादेखि नै नवरात्र थालनी हुने परम्परा छ । यस दिन घर–घरमा घटस्थापना गरी देवी दुर्गाको आवाहन गरिन्छ ।

यसपालि घटस्थापनाको शुभ साइत भोली बिहान ९ बजेर १३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । उक्त शुभ मुहूर्तमा स्थापना गरिने कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी–देवताहरूको आवाहन गरी नवरात्रभरि माता दुर्गाको विभिन्न स्वरूपको पूजा–अर्चना गर्ने प्रचलन छ ।

दशैं केवल चाड मात्र नभई पारिवारिक मेलमिलाप, स्नेह र सामूहिकताको पर्व मानिन्छ । घर–परिवारसँगै सम्पूर्ण समाजलाई एकतामा बाँध्ने संस्कारकै रूपमा यसलाई लिइन्छ ।

Advertisement:

Ad
Ad

यद्यपि घटस्थापनाको दिन शुभ साइत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभर नै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिने धार्मिक विश्वास छ ।