जेनजी आन्दोलनमा ध्वस्त भएको सार्वजनिक सवारी प्रतिस्थापनका लागि ८० प्रतिशतसम्म ऋण दिइने

२०८३ असार ३२ गते

जेनजी आन्दोलनमा ध्वस्त भएको सार्वजनिक सवारी प्रतिस्थापनका लागि ८० प्रतिशतसम्म ऋण दिइने

काठमाडौं । जेनजी आन्दोलनमा ध्वस्त भएको सार्वजनिक सवारी प्रतिस्थापनका लागि  नेपाल राष्ट्र बैंक ले ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।

 

Advertisement:

Ad
Ad

केन्द्रिय बैंकले एक सर्कुलर जारी गर्दै  सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक, ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात  ८० प्रतिशतसम्म कायम गर्न सकिने जनाएको  छ । 

 

यस्तै ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (चौथो संशोधन सहित)’ को बुँदा नं. ७ मा भएको भेराइन्स सम्बन्धी व्यवस्था २०८४ साउन १ गतेदेखि मात्र लागु हुने बताइएको छ ।