गगन थापा पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय बदरको माग गर्दै देउवा पक्ष पुगे सर्वोच्च

२०८२ माघ ०४ गते

गगन थापा पक्षलाई आधिकारिकता दिने आयोगको निर्णय बदरको माग गर्दै देउवा पक्ष पुगे सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् ।
गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन अवैध घोषणा गर्न अदालतसँग माग गरिएको छ ।

Advertisement:

Ad
Ad