गगन थापालाई महेश बस्नेतको जवाफः 'जेन्जी आन्दोलनपछि मानवीयता भुलेको लासलाइ हामीले सास भरिदिएपछि  अरुलाई दास भन्न सक्ने भएछन्'

२०८२ पुस २८ गते

गगन थापालाई महेश बस्नेतको जवाफः 'जेन्जी आन्दोलनपछि मानवीयता भुलेको लासलाइ हामीले सास भरिदिएपछि  अरुलाई दास भन्न सक्ने भएछन्'

काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भाषणलाई लिएर व्यङ्ग्य गरेका छन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि हामीले नै सास र आश भरिदिएपछि आज अरुलाई लास र दास भन्न सक्ने भएको उल्लेख गरेका छन् ।

 

Advertisement:

Ad
Ad

उनले समाजिक सञ्जालमा लेखेका छन्, 'भाद्र २३ र २४ गतेपछि  गुलाम बनेर, मानवियतासमेत भुलेका एउटा “लास” जसलाई हामीले आस र सास भरिदिए पछि आज केही मास जम्मा गरेर भन्न थालेछन। हामी लास र दास होइनौँ। इतिहासले अबस्य सोध्नेछः लास होइन भने आस र सास कस्ले भर्दियो ? संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता  र   पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ?'

 


कांग्रेस महामन्त्री गगन थापाले  कांग्रेसमा कोही बा छैनन् र बा ले नबोल भन्दैमा नबोल्ने कांग्रेस होइन भन्दै दास र लासहरुको पार्टी नभएको भन्दै महाधिवेशसनमा भाषण गरेका थिए । उनको उक्त भाषणप्रति एमालेका केही नेताहरुले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् ।