एनपीएल क्रिकेट : कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते

एनपीएल क्रिकेट : कर्णाली याक्सको पहिलो जित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । कर्णालीले अन्तिम ओभरमा एक बल बाँकी छदा जीत निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा चार विकेट गुमाउँदै १३२ रन बनायो । कर्णालीका लागि ओपनर शिखर धवनले सर्वाधिक ४५ रन बनाए । त्यस्तै चाडविक वाल्टनले ३० रन बनाए ।

Advertisement:

Ad
Ad

बलिङतर्फ चितवनका लागि कुशल मल्ल, जन निकोल र रवी बोपराले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।