एनआईसी एशिया क्यापिटलको ‘फाइदा या फिर्ता’ अफर संचालनमा

२०८१ साउन १६ गते

एनआईसी एशिया क्यापिटलको ‘फाइदा या फिर्ता’ अफर संचालनमा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘फाइदा या फिर्ता’ अफर संचालनमा ल्याएको छ ।एन आई सी एशिया क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस) सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” नारा सहित विभिन्न ग्राहकमुखी योजना संचालन गर्दै आइरहेको जनाएको छ ।

क्यापिटलले लगानी व्यवस्थापन सेवालाई अझ परिस्कृत र ग्राहकमुखी बनाउने मुख्य उद्देश्यका साथ नयाँ आर्थिक वर्ष २०८१र८२ लाई लक्षित गरी लगानी व्यवस्थापन सेवा अन्तर्गत “फाइदा या फिर्ता” अफर सार्वजनिक गरेको जनाएको छ ।

Advertisement:

Ad
Ad

उक्त अफर अन्तर्गत लगानी व्यवस्थापन सेवा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस लिने ग्राहकहरुको सेवा लिँदा क्यापिटललाई बुझाउनु पर्ने सेवा शुल्क सम्बन्धित लगानी व्यवस्थापन सेवा लिने ग्राहकको पोर्टफोलियो आर्थिक वर्ष अन्त्यमा बृद्धि गराउन नसकेको अवस्थामा लगानी व्यवस्थापन सेवा शुल्क बापत लिएको सम्पूर्ण रकम सम्बन्धित ग्राहकलाई नै फिर्ता भुक्तानी गरिने क्यापिटलले जनाएको छ ।

“फाइदा या फिर्ता” अन्तर्गत्का प्रमुख विशेषताहरू- न्यूनतम लगानी: रु.१० लाख अवधि : ३ वर्ष वार्षिक सेवा शुल्क स् १.५५ ९ल्भनयतष्बदभि० पर्फर्मेन्स शुल्क :१०५ इक्जिट शुल्क : ०५ सर्त: सम्झौता अनुसारको समय अवधि भन्दा पहिला एक्जिट भएको अवस्थामा प्राप्त सेवा शुल्क फिर्ता भुक्तानी गरिने छैन ।