एमसीसी अन्र्तगतको विद्युत प्रसारण आयोजनाको निमाण शुरु

२०८३ जेठ २७ गते

एमसीसी अन्र्तगतको विद्युत प्रसारण आयोजनाको निमाण शुरु

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको निर्माण कार्य  शुरु गरेको छ ।

 

Advertisement:

Ad
Ad

संयुक्त राज्य अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर लगानीमा सञ्चालित यस आयोजनाले नेपालको ऊर्जा ग्रीड सुदृढीकरण र क्षेत्रीय विद्युत् व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

 

नुवाकोटको रातमाटेमा आयोजित एक विशेष समारोहका बीच २९७ किलोमिटर लामो प्रसारण लाइन र दुईवटा उच्च क्षमताका सबस्टेशन निर्माण कार्यको शिलान्यास भएको छ  । 


 २९७ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरिएको छ । जसअनुसार लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड ९११७ किमि०, रातमाटे–न्यू दमौली खण्ड (९० किमि) र न्यू दमौली–न्यू बुटवल खण्ड (९० किमि) रहनेछ ।