शेयर बजारमा सामान्य सुधार

२०८३ जेठ २७ गते

शेयर बजारमा सामान्य सुधार

लगातार चार कारोबार दिनदेखि ओरालो लागेको नेप्से परिसूचक बुधबार भने सामान्य सुधारसहित बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.५७ अंक बढेर २७३६.१७ विन्दुमा पुगेको छ। फ्लोट इण्डेक्स ०.१२ अंक बढ्दा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेका छन्।

 

Advertisement:

Ad
Ad

परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेख्य गिरावट देखिएको छ। मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३५६ कम्पनीको ९२ लाख ८३ हजार कित्ता शेयर ४९ हजार २४८ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।

यस दिन कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य झण्डै ११ प्रतिशत र बुंगल हाइड्रोको करिब ७ प्रतिशतले बढेको छ। विपरीततर्फ, १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशतले घटेको छ।

 

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। सो कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार पनि २० करोड रुपैयाँ नाघ्दा सिटी होटलको करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। उपसमूहगत रुपमा हेर्दा १३ मध्ये ७ उपसमूह हरिया बनेका छन् भने ६ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन तथा म्युचुअल फण्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ। घटेका सबै उपसमूहको गिरावट भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।