२०८१ कात्तिक १४ गते
काठमाडौं । सुनको मूल्य अकासिने क्रम रोकिएको छैन । बुधबार पनि सुनको मूल्य उच्च अंकले बढेर नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य प्रतितोला २ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ६८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधबार २ हजार २ सयले बढेर तोलामा १ लाख ७० हजार ७ सयमा कायम भएको हो । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार १२० रुपैयाँमा कायम भएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
प्रतिक्रिया