दरबार हत्याकाण्डको आज २३ औं स्मृति दिवस,नारायणहिटीमा दीप प्रज्वलन गर्न पूर्वराजपरिवारलाई रोक

२०८२ जेठ १९ गते

दरबार हत्याकाण्डको आज २३ औं स्मृति दिवस,नारायणहिटीमा दीप प्रज्वलन गर्न पूर्वराजपरिवारलाई रोक

काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको आज २३ औं स्मृति दिवस । आजभन्दा २३ वर्ष अगाडि २०५८ सालको जेठ १९ गते राति तत्कालिन राजा विरेन्द्रको वंश नाश हुने गरी हत्या गरिएको थियो । सोही दिनको सम्झनामा  पूर्वराजा ज्ञानेन्द्रको परिवारका सदस्यहरुले आज दीप प्रज्वलन कार्यक्रम गर्दैछन् । कार्यक्रम हिमानी ट्रष्टले राखेको हो ।दीप प्रज्वलनको कार्यक्रम कमलादी गणेश मन्दिरमा राखिएको छ । 

हिमानी ट्रष्टको आयोजनामा दीप प्रज्वलनको कार्यक्रम हुन लागेपछि राजावादी कार्यक्रमलाई निस्तेज पार्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएपछि कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ ।

Advertisement:

Ad
Ad