दूरसञ्चार प्राधिकरणद्वारा टिकटकमा लगाइएको रोक हटाउन निर्देशन

२०८१ भदौ २१ गते

दूरसञ्चार प्राधिकरणद्वारा टिकटकमा लगाइएको रोक हटाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेको छ।

Advertisement:

Ad
Ad

भदौ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकारण प्रयोग गरी रोक हटाउन प्राधिकरणले निर्देशन दिएको हो।