दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालद्वारा अफगानिस्तान पराजित

२०८१ मंसिर १० गते

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौँ।  पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । जितका लागि अफगानिस्तानसामु नेपालले दुई सय २९ रनको लक्ष्य दिएकोमा ९ विकेट गुमाएर अफगानिस्तानले एक सय २० रन मात्र बनाउन सक्यो ।

Advertisement:

Ad
Ad

नेपालका लागि उपकप्तान पदमबहादुर बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । नेपालका लागि बलिङतर्फ सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल श्रीलङ्कासँग र बङ्गलादेशसँग पराजित भएको थियो ।यस प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।