दोहोरो अङ्कको गिरावटसँगै नेप्से २५ सय विन्दु तल, कारोबार रकममा सामान्य सुधार

२०८२ असोज ३० गते

दोहोरो अङ्कको गिरावटसँगै नेप्से २५ सय विन्दु तल, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । सताको अन्तिम कारोबार दिन पनि शेयर बजारले गिरावटलाई गिरावटलाई निरन्तर्ता दिएको छ । बिहिबार नेप्से परिसूचक १८.४० अंक घटेर २४८७.१७ विन्दुमा पुगेको छ । 

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ।। मंगलबार ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

Advertisement:

Ad
Ad

यस दिन ४५ कम्पनीको शेयर बढेको छ भने अन्य १९७ कम्पनीको शेयर घटेको छ। त्यस्तै नौ कम्पनीको शेयर स्थिर रहेको छ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा मुक्तिनाथ बिकास बैंक रह्यो जसको १५ करोड ३० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। 

आज सर्वाधिक बढ्नेमा हिमालयन पावर पार्टनर रह्यो जसको शेयर ९.९३ प्रतिशतले बढेको छ।  त्यस्तै सर्वाधिक घट्नेमा समाज लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।