२०८२ असार ०१ गते
काठमाडौँ । २१ औं विश्व रक्तदाता दिवसको उपलक्ष्यमा स्वयम्भू भगवान पाऊ परिसरमा दीप प्रज्वलन गरिएको छ । १४ जुन अर्थात विश्व रक्तदाता दिवसका अवसरमा सम्पूर्ण रक्तदाता स्वयंसेवीप्रति धन्यवाद व्यक्त गर्दै विश्व स्वास्थ्यको कामना स्वरुप गरिएको उक्त दीप प्रज्वलनको आयोजना गरिएको थियो ।
कार्यक्रम ब्लड डोनर्स एसोसियसन मध्य क्षेत्रले गरेको थियो । कार्यक्रममा मध्य क्षेत्रका अध्यक्ष राम बहादुर ठकुरी ,का. म.न पा वाड नं१५ कि महिला सदस्य माया लक्ष्मी त्यसैगरी फ्रेण्ड अफ आरएच नेगेटीभका उपाध्यक्ष अनिल अर्याल ,ब्लड डोनर्स एसोशियनका महासचिव मचाकाजी महर्जन र कार्यक्रमका संयोजक बिष्णुराज श्रेण्ठको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया