धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा

२०८१ असोज २० गते

धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा

काठमाडौं । शेयर र अन्य धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा आउने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले आजदेखि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो ।

Advertisement:

Ad
Ad

यस नयाँ प्रणालीको उपयोगका बारेमा तालिम लिन चाहने लगानीकर्ताहरूले कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । नयाँ टिएमएस सेवा डेस्कटप र मोबाइल दुवै भर्सनमा उपलब्ध हुनेछ ।

यसमा नेप्सेले प्रदान गरेको पुरानो प्रणालीमा भन्दा धेरै नयाँ सुविधाहरू थप गरिएको दाबी गरिएको छ। हालका लागि यो सेवाको उपयोग केवल सेक्यूर्ड सेक्युरिटिज मार्फत मात्र हुनेछ, तर आगामी दिनहरूमा ब्रोकर कम्पनीहरूले क्रमिक रूपमा नयाँ टिएमएस सेवा प्रदान गर्ने योजना बनाएको छ ।