दश बर्ष जेल भोगेपछि थाहा भयो युवक निर्दोश थिए, अनी दिइयो पाँच करोड डलर

२०८१ भदौ २६ गते

दश बर्ष जेल भोगेपछि थाहा भयो युवक निर्दोश थिए, अनी दिइयो पाँच करोड डलर

शिकागो । संयुक्त राज्य अमेरिकामा हालै एक निर्दोष युवालाई झुठो मुद्दा लगाएर दश बर्ष जेल सजाय भुक्तान गर्न बाध्य बनाएपछि उनले क्षतिपूर्ति बापत राज्यबाट  पाँच करोड डलर जितेका छन् ।

सन् २००८ मा १८ बर्षीय मार्सेल ब्राउनलाई हत्या अभियोगमा दोषी करार गरिएको थियो ।  हाल ३४ वर्षीय मार्सेल ब्राउनलाई शिकागोमा १९ वर्षीय युवकलाई गोली हानेर हत्या गरेको अभियोगमा अदालतले ३५ वर्षको जेल सजाय सुनाइएको थियो ।

Advertisement:

Ad
Ad

सोहि अदालतको आदेस अनुरुप उनले सन् २००८देखि  २०१८सम्म १० बर्ष जेल जीवन बिताएका थिए । तर एकाएक सन् २०१८मा एक अदालतले उनलाई गलत तरिकाले हत्याको दोषी ठहराइएकोले उनको सजाय रद्द गर्दै उनी विरुद्धका सबै आरोपहरू खारेज गरेको थियो।

दुई हप्ताको सुनुवाइ पछि, सिकागोको अमेरिकी जिल्ला अदालतको एक निर्णायक मण्डलले सोमबार ब्राउनलाई पाँच करोड डलर क्षतिपूर्ति दिलाएको छ।

उनलाई २००८मा  प्रहरीले पक्रने क्रममा झुटो प्रमाण बनाएको थियो र उनलाई विभिन्न यातना दिएर उक्त हत्या स्वीकार गर्न बाध्य परिएको थियो।

ब्राउनको तर्फबाट मुद्दा लड्ने कानून फर्म लोभी एन्ड लोभीका अनुसार प्रहरी अधिकारीहरूले ब्राउनलाई सोधपुछ कोठामा ३० घण्टा भन्दा बढी समयसम्म बन्धक बनाइएको थियो, उनलाई खानाबाट वञ्चित गरिएको थियो र  उनको बारम्बार फोन कलको लागि अनुरोध अस्वीकार गर्दै  उनलाई निदाउन पनि रोक लगाएको थियो ।