२०८० माघ २४ गते
सोल, दक्षिण कोरिया । दक्षिण कोरियाको एक रियल स्टेट कम्पनी, बुयोङ समूहले आफ्ना कर्मचारीलाई बच्चा जन्माए बापत प्रोत्साहन स्वरूप १ लाख १ हजार डलर प्रदान गर्ने घोषणा गरेको छ ।
देशको घट्दो जन्मदरलाई बढाउन कम्पनीले यस्तो निर्णय लिएको जनाएको छ । कोरिया टाइम्सका अनुसार उक्त कम्पनीले प्रति बच्चा १०० मिलियन वन (१ लाख १ हजार डलर) प्रस्ताव गरेको छ र २०२१ पछि आफ्ना कर्मचारीहरूबाट जन्मेका ७० बच्चाहरूको लागि कुल सात अर्ब वोन तिरेको छ ।
दक्षिण कोरियाली कम्पनीले आफ्ना कर्मचारीहरूलाई बच्चा जन्माउन प्रोत्साहन गर्न प्रति बच्चा यति ठूलो रकम तिरेको यो पहिलो पटक हो, यद्यपि अन्य कम्पनीहरूले पनि आफ्ना कर्मचारीलाई बच्चा जन्माउन विभिन्न नीति अपनाई प्रोत्साहन गर्दछन् ।
प्रतिक्रिया