चिसिँदै काठमाडौं, आज यस वर्षकै सबैभन्दा कम तापक्रम

२०८० मंसिर २७ गते

चिसिँदै काठमाडौं, आज यस वर्षकै सबैभन्दा कम तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । तापक्रम कम भएसँगै चिसो बढेको छ ।आगामी दिनमा पनि न्यूनतम तापक्रम अझै घट्ने र चिसो बढ्दै जाने मौसमविज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान पौने छ बजे काठमाडौंको तापक्रम ५.७ डिग्री मापन भएको हो ।पुडासैनीका अनुसार केही दिन यता तापक्रम घट्दै गएको छ । आगामी दिनमा पनि तापक्रम घट्दै जाने र चिसो बढ्दै जाने देखिन्छ ।

Advertisement:

Ad
Ad

आज कोशीका उच्च हिमाली जिल्लमा हिमपात हुनेछ भने कोशी र बागमती प्रदेशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।