छातीमा समस्या देखिएपछि प्रधानमन्त्री दाहालको एन्जिओग्राम गरिँदै

२०८० असोज ३० गते

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री दाहालको एन्जिओग्राम गरिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका छन् ।

पेट र छातीको बीचमा अप्ठेरो महसुस भएपछि प्रधानमन्त्री अस्पताल पुगेका हुन् । प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गर्ने अस्पतालको तयारी छ ।

Advertisement:

Ad
Ad

एन्जिओग्राम परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ । परीक्षणको रिपोर्ट आएपछि चिकित्सकहरुले प्रधानमन्त्रीलाई भर्ना गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।