२०८२ फागुन २१ गते
काठमाडौं । नेपालमा प्रतिनीधिसभा सदस्य चयनका लागि आज (बिहिबार) मतदान सम्पन्न भएको छ । छिटफुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण र भएरहित भयो ।
गत भदौ २३ र २४ को जेनजी घटना पछि बनेको नागरिक सरकारका अन्तरिम प्रधानमन्त्री शुशिला कार्कीले तोकिएकै समयमा (फागुन २१) निर्वाचन गराउन सफल भएपछि देश तथा विदेशबाट उनको प्रशंसा भइरहेको छ । मध्यावधि निर्वाचन गराउने दायित्व बोकेर आएको कार्की सरकारबाट क्याबिनेट नै रितिदा पनि नढगमगाई कार्कीले आफ्नो दायित्व पूरा गरेकी छन् । यो सँगै राजनीति बृत्तमा अब नयाँ सरकारको चर्चा चलन थालेको छ ।
सम्भवत आजै रातीदेखि नै केही ठाउँबाट मतगणना पनि शुरु हुनेछ । परिणामको अपेक्षामा रहेका आम नागरिक अब बन्ने सरकार देश र जनता केन्द्रित हुने आशमा छन् । सामाजिक सञ्जालमा विभिन्न दलका नेता तथा सर्वसाधारण सम्मले कार्कीलाई आमाको संज्ञा दिदै प्रशंशा गरिरहेका छन् । पुष्पकमल दाहाल प्रचण्ड, राष्टपति रामचन्द्र पौडेल, बालेन शाह लगायत धेरै नेताहरुले कार्कीलाई धन्यवाद दिदै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् । निर्वाचन आयोगका अनुसार आज करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक आँकडा छ । जसलाई सन्तोषजनक मान्न सकिने आयोग बताउँछ । आज सम्पन्न भएको मतदानका लागि नेपालस्थित अमेरिकी दूतावासले पनि बधाइ दिएको छ ।
संकटमा काँध थाप्न आएकी कार्की काम गर्न भन्दा पनि चुनाव गरेर नयाँ सरकार गठन गर्ने बाटो खोलिदिन आएकी थिइन् । अब उक्त बाटो खोलिएको छ । अब बन्ने सरकारमा आम नागरिकका धेरै अपेक्षा र भरोसा छन् । जुन पुरा गर्नुपर्ने सरकारको कर्तव्य हुनेछ । इतिहास लेख्ने कि मेट्ने यो भने अब बन्ने सरकारको कार्यशैली हुनेछ ।
प्रतिक्रिया