२०८२ फागुन २२ गते
काठमाडौं । देशभरको चुनावी मतगणना अनुसार हालसम्म राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडी छ । रास्वपाले एक ठाउँमा जितेको छ भने ५० ठाउँमा अग्रता लिएको छ ।
यस्तै नेपाली कांग्रेसले ७ ठाउँमा अग्रता लिदा एमालेले ४ ठाउँमा अग्रता लिएको छ । यस्तै नेकपाले ३ ठाउँमा राप्रपाले एक ठाउँमा र श्रम शक्ति पार्टीले एक ठाउँमा अग्रता लिएको छ ।
देशैभरी रास्वपाको महोल बनिरहेको बेला पुराना पार्टीहरुलाई कतिपय ठाउँमा जमानत जोगाउनै हम्मे हम्मे परेको छ । प्रतिनीधि सभामा १६५ जना सदस्य चयन हुनेछन् ।
प्रतिक्रिया