२०८१ साउन १६ गते
काठमाडौँ ।मंगलबारको इन्ट्रा डे करेक्शन पछि बुधबारको बजारको माहोल तातिएको छ । समाचार तयार पार्दासम्म बजार ९० अंकमाथि बढेर २हजार ७सय ८८अंक माथि पुगेको छ । यस दिन लगानी उपसमूहमा लगानीकर्ताको आकर्षण चुलिएको छ । जुन उपसमूहको समाचार तयार पार्दासम्म ८ दबमलव ३८ प्रतिशतले बृद्धि भएको छ । यसका साथै फाइनान्स उपसमूहमा पनि लगानीकर्ताको आकर्षण त्यत्तिकै बढेको जसमा जसमा ७ दशमलव ६७ प्रतिशतको उछाल आएको छ ।
यतिबेलासम्म बजारमा १४अर्ब ३८ करोडको कारोबार भइसकेको छ ।
प्रतिक्रिया