बालेनको जित घोषणा हुनै लाग्दा झापा ५ को सुरक्षा व्यवस्था कडा बनाइयो

२०८२ फागुन २३ गते

बालेनको जित घोषणा हुनै लाग्दा झापा ५ को सुरक्षा व्यवस्था कडा बनाइयो

काठमाडौं । झापा ५ को सुरक्षा व्यवस्थलाई अहिले नकिै कडा बनाइएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गृहजिल्लामा पुगेर रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले हराएका छन् ।

सर्वाधिक चासोको क्षेत्र रहेको झापा–५ को  पछिल्लो विवरण अनुसार, रास्वपाका वरिष्ठ नेता बालेन शाहले ५९ हजार ५६८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत प्राप्त गरेका छन् । हालसम्म रास्वपाले ५६ सिट जितिसकेको छ भने ६५ ठाउँमा अग्रता लिइरहेको छ । 

Advertisement:

Ad
Ad