२०८३ भदौ १८ गते
काठमाडौं । विभिन्न भूभागमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बिएलसी परिवारले ३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ बिएलसी अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउण्डेसनको तर्फबाट संयुक्त रूपमा उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो। बाढीका कारण हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको भन्दै तत्काल राहतसँगै सुरक्षित आवास र पुनःस्थापनाको आधार आवश्यक रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सहयोग रकम वास्तविक बाढीपीडित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा खर्च गरिनेछ। बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बिएलसी परिवारले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा सामाजिक संस्थासहित सहयोगी सबैप्रति परिवारले सम्मान व्यक्त गरेको छ। विपत्तिको यस घडीमा पीडित परिवारको जीवनमा आशा र भरोसा जगाउन सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत बिएलसी परिवारले आग्रह गरेको छ।
प्रतिक्रिया