२०८२ जेठ ०७ गते
काठमाडौ । बुधबार सेयर बजारमा लगानीकर्ताको उत्साह ज्यादा देखिएको छ । बजार खुलेको २१ मिनेटमै २ अर्ब बढीको कारोबार हुनुले कतै लगानीकर्ताले संयमता त गुमाएका छैनन भन्ने शंका देखिएको छ ।
कुनै पनि नीतिगत परिवर्तन विनानै बजार ह्वात्तै बढ्नु भनेको बजार जसरी बढेको छ त्यसरी नै घट्न सक्छ भन्ने पनि हो । मंगलबार गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएपछि खुलेको पहिलो कारोबारको २१ मिनेटमै बजारमा ज्यादा रौनकता देखिएको छ ।
बजार खुलेको २१ मिनेटमा २ अर्ब ३७ करोड बढीको कारोबार भइसकेको छ । ओम मेगाश्री फार्मास्युटिकल्सको सेयर मूल्यमा त सकारात्मक सर्किैट नै लागि सकेको छ ।
प्रतिक्रिया