विष्णू पौडेलको बयानः 'पद र प्रभावको दुरुपयोग गरेको छैन, हिमालयन रि र लघु बिमाको अनुमतिसँग कुनै साइनो छैन'

२०८३ साउन ०१ गते

विष्णू पौडेलको बयानः 'पद र प्रभावको दुरुपयोग गरेको छैन, हिमालयन रि र लघु बिमाको अनुमतिसँग कुनै साइनो छैन'

काठमाडौंँ । पूर्व अर्थमन्त्री विष्णु पौडेलले हिमालयन रि इन्स्योरेन्स र  लघु बिमा कम्पनीहरूलाई अनुमति दिन आफ्नो कुनै हात नभएको बयान दिएका छन् ।

 

Advertisement:

Ad
Ad

विशेषअदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दायर भएको अभियोगपत्रमा उनले  इजाजत दिने वा नदिने भन्ने अधिकार नेपाल बिमा प्राधिकरणमा निर्भर हुने र प्राधिकरणलाई कुनै कुनै निर्देशन दिन नमिल्ने उल्लेख गरेका छन् । 

 

उनले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर दीपक भट्टको कम्पनीलाई दिनु भनेर  कम्पनीका सञ्चालकहरूलाई भेट गराएको भन्ने आरोप छुट भएको बताएका छन् । 

 

उनले भनेका छन्, 'दीपक भट्ट र श्रीराम टोबाको उद्योगबिचको आपसी सम्बन्धमा मेरो कहीँ कतै र कुनै हिसाबले संलग्नता छैन । उक्त उद्योगका सञ्चालकहरूसँग म उम्मेदवार रहेको जिल्लाको निर्वाचन क्षेत्रका बासिन्दा भएकाले चिनजान हुनु सामान्य कुरा हो ।' 

 

आफूलाई जानकारी नभएको वा आफू संलग्न नभएको कुनै व्यक्ति वा व्यवसायीहरूबिचको आपसी कारोबारको जिम्मा  लिनुपर्छ भन्ने हुन नसक्ने पौडेलले भनेका छन् । उनले आफुले पद र प्रभावको दुरुपयोग नगरेको पनि उल्लेख गरेका छन् ।  दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्न–गराउन कुनै सहयोग र सहजीकरण नगरेको उनले भनेका छन् ।