२०८० माघ १९ गते
बुद्ध एयरले १४ फेब्रअुरीलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।
‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको बुद्धले १३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्को टिकट फ्रि दिइने जनाएको छ ।‘फेब्रअुरी १४ का दिन प्रणय दिवस मनाइन्छ । यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने निर्णय भएको छ’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस अन्तर्गत एक जना यात्रुले विन्डो अर्कोले शेयर गर्नुपर्नेछ । साथै बुद्ध एयरले उडान भर्ने यात्रुहलाई थप गिफ्टहरू दिने पनि जनाएको छ ।
प्रतिक्रिया