भारतले जाजरकोटमा एक हजार करोड सहयोग गर्ने

२०८० पुस १९ गते

भारतले जाजरकोटमा एक हजार करोड सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले एक हजार करोड सहयोग गर्ने भएको छ। काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि एक हजार करोड सहयोग गर्ने विषयमा सहमति भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको बताए। जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन्।

Advertisement:

Ad
Ad