भारतबाट रूस उडेको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त

२०८० माघ ०७ गते

भारतबाट रूस उडेको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त

अफगानिस्तान अफगानिस्तानको बदाक्षन क्षेत्रमा विमान दुर्घटना भएको छ । आइतबार पाकिस्तान र अफगानिस्तानका संचारमाध्यमले उक्त विमान भारतीय विमान भएको जानकारी दिएका थिए । यद्धपी भारतकाे नागरिक उड्डयन मन्त्रालयले उक्त विमान भारतकाे नभएकाे दाबी गरेकाे छ ।

Advertisement:

Ad
Ad

दुर्घटना भएकाे विमान मोरक्कोमा दर्ता भएको एयर एम्बुलेन्स थियाे। प्राविधिक गडबडीका कारण बाटो बिर्सदा दुर्घटना भएको हो । मन्त्रालयका अनुसार उक्त विमान थाइल्याण्डबाट मस्काे गइरहेकाे थियाे । बिहारस्थित गया विमानस्थलमा तेल भरेकाे थियाे ।

यसअघि, पाकिस्तानी संचारमाध्यम सामले बदाक्षन प्रान्तको प्रहरी कमाण्डलाई उद्धृत गर्दै उक्त विमान हिजो राति राडारबाट हराएको जानकारी दिएको थियो । त्यसपछि जेबक जिल्लाको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । उक्त एयर एम्बुलेन्समा ६ जना यात्रु सवार थिए ।