२०८२ साउन २७ गते
काठमाडौँ। नेप्सेमा मंगलबार पनि दोहोरो अङ्कको गिरावट आएको छ। यस दिन नेप्से २६.२२ अङ्कले घटेर २७९६.२४ विन्दुमा पुगेर बन्द भएको छ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य १२ उपसमूहका परिसूचक घटेका छन् भने एक मात्र होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२४ प्रतिशतले बढेको छ । आज सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक १.५३ प्रतिशतले घटेको छ ।
यस दिन २२ स्टकको परिसूचक घटेका छन् भने अन्य २२५ स्टकको परिसूचक घटेका छन् । त्यसै गरी एक कम्पनीको परिसूचक भने स्थिर रहेको छ ।
यस दिन सर्वाधिक बढ्ने कम्पनीमा सिटि होटेल लिमिटेड रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसै गरी सर्वाधिक घट्ने कम्पनीमा सिक्लेस हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा एनआरआइसी रह्यो जसको २६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सिद्धार्थ एक्विटी फण्ड रह्यो जसको ६ लाख ६ हजार ३ सय १७ कित्ता शेयर कारोबार भएको छ।
प्रतिक्रिया