बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

२०८२ कात्तिक २९ गते

बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार आजै राति १२ (शनिवार)बजेबाट लागु हुने गरी मूल्य बृद्धि गरिएको छ ।

इन्डियन आयल कर्पोरेसन वाट प्राप्त मुल्य अनुसार  पेट्रोलमा  २.५४ रुपैयाँ र डिजलमा  ६.५३ ले बढेर आएको भएता पनि आजै राति १२ बजेदेखि  लागु हुनेगरी पेट्रोलमा  २ रुपैयाँ र डिजेलमा  ३ रुपैयाँले  मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

Advertisement:

Ad
Ad

यो सँगै अब पेट्रोल पहिलो वर्गको १५८.५० रुपैयाँ, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गको १६१ रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै डिजेल पहिलो वर्गको १४४.५० रुपैयाँ, दोस्रो वर्गको १४६ रुपेयाँ र तेस्रो बर्गको १४७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।