२०८२ चैत ०१ गते
काठमाडौं । निक्षेपको ब्याजदर घट्नेक्रम चैतमा पनि जारी रहेको छ । ६ वटा बाणिज्य बैंकले ब्याजदर घटाएका छन् । यद्यपि १४ वटा बाणिज्य बैंकले भने फागुनमा निर्धारण गरेको ब्याजदरलाई चैतमा पनि लागु गर्दैछन् ।
बैंकहरुले सार्वजनिक गरेको चैत महिनाको नयाँ ब्याजदरमा औषत ब्याजदर घटेको छ । नेपाल बैंकले ०.६ प्रतिशतले ब्याजदर घटाएको छ । ब्याजदर घटाउनेमा ंकुमारी बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, प्राइम कमर्सियल र ग्लोबल आइएमइ बैंक रहेको छ । व्यक्तिगत मुदती निक्षेपमा सबैभन्दा धेरैब्याज एनआइशी एशिया बैंक, हिमालयन बैंक, एनएमबी बैंक र राष्ट्रिय बाणिज्य बैंकको रहेको छ । यि बैंकहरुले ५ प्रतिशत ब्याजदर दिएका छन् ।
यस्तै सबैभन्दा थोरै ब्याज स्ट्याण्डर्ड चार्टड बैंकको ४.११ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीले लामो समयदेखि अधिक तरलताको समस्या झेलिरहेको छ । यसैकारण निक्षेपकर्ताले न्युन ब्याज पाएका छन् । अधिक तरलताका कारण नेपाल राष्ट्र बैंकले दैनिक जसो तरलता प्रशोचन गरिरहेको छ । आजैमात्र (चैत १) २० अर्ब रुपैयाँ बजारबाट तान्दैछ ।
कुन बैंकको ब्याजदर कति ?

प्रतिक्रिया