२०८१ मंसिर ०२ गते
काठमाडौं । बैकहरुमा तरलता थुपिएपछि नेपाल राष्ट्र बैकले आज आइतबार ५० अर्ब निक्षेप संकलन गर्दैछ । बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत विष्काशन गर्न लागेको हो ।
राष्ट्र बैंकले आज २ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत निक्षेप संकलनका लागि बोलकबोल गर्ने जनाएको छ । ब्याजदर पनि बोलकबोलबाटै तय हुनेछ भने राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गर्नुपर्ने छ । बोल गर्न सकिने रकम घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म रहनेछ ।
प्रतिक्रिया