बैंकहरुले ६ महिनामा कमाए साढे २७ अर्ब नाफा, नाफाको पहिलो नम्बरमा नबिल अरु बैंकको अवस्था कस्तो ? (तथ्यांक सहित)

२०८१ माघ ०७ गते

बैंकहरुले ६ महिनामा कमाए साढे २७ अर्ब नाफा, नाफाको पहिलो नम्बरमा नबिल अरु बैंकको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौ । चालु आर्थिक वर्षको ६ महिना सकिएको छ । यो सँगै बैंक तथा वित्तिय संस्थाले धमाधम दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिरहेका छन् । सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले पनि आफ्नो वित्तिय विवरण प्रकाशित गरिसकेका छन् । ९ वटा बैंकको नाफा घटेको छ भने ११ वटा बैंकको नाफामा बढोत्तरी छ ।

पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेका छन् । यो भनेको अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो । २०८० को पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

Advertisement:

Ad
Ad

नाफाका आधारमा नबिल बैंक निरन्तर अगाडी छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंक एक भएपछि निरन्तर नाफामा नम्बर एकको ताज होल्ड गरिरहेको छ । यस्तै दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इनभेष्टमेन्ट मेगा, एभरेष्ट र एनएमबि बैंकले पनि २ अर्ब भन्दा धेरै नाफा कमाएका छन् ।

यता खस्कदै गएको माछापुछ्रे बैंकको नाफामा भने सुधार देखिएको छ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको भन्दा ०.२४ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै नाफाको आधारमा पुछारमा रहेको एनआइशी एशिया बैंकको नाफा गत वर्षको यसै अवधिको तुलनामा ९२ प्रतिशतले गिरावट आएको छ । एनआइसीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको भन्दा ९२.०३ प्रतिशतले कम हो । गत वर्ष यसले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो ।

सरकारी तीन वटै बैंकले बढाउँन सकेनन नाफा

सरकारको स्वामित्व रहेको तीन वटै बाणिज्य बैंकहरुको नाफा खस्केको छ । राष्ट्रिय बाणिज्य बैंकको नाफामा ६२.१४ प्रतिशतको गिरावट छ । यस बैंकले ६ महिनामा ७३ करोड ३० लाख रुपैयाँ मात्र नाफा कमाएको छ । यता कृषि विकास बैंकको हालत पनि उस्तै छ । यो बैंकको नाफामा २९.३५ प्रतिशतले गिरावट आएको छ । बैंकले पुष मसान्तसम्म ९५ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९ करोडबाट घटेर ८५ करोड ७५ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानी घट्दा बैंकको नाफामा दबाव परेको देखिन्छ ।

यता, नेपाल बैंकको २१.८७ प्रतिशतले नाफा घटेको छ । बैंकले ६ महिनामा ४६ करोड १० लाख रुपैयाँ मात्र नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । नेपाल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । बैंकको खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा आएको छ ।

 

कुन बैंकको नाफा कति ?

नबिल बैंक : ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ

ग्लोबल आइएमई बैंक : ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मोगा बैंक: २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ

एभरेष्ट बैंक : २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ

एनएमबी बैंक : २ अर्ब ३५ लाख रुपैयाँ

प्राइम कमर्सियल बैंक : १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ

स्ट्याण्डर्ड चाटर्ड बैंक : १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ

हिमालयन बैंक : १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ

प्रभु बैंक : १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ

सानिमा बैंक : १ अर्ब १९ करोड २३ लाख रुपैयाँ

लक्ष्मी सनराइज बैंक : १ अर्ब १६ करोड २० लाख रुपैयाँ

कृषि विकास बैंक : ९५ करोड ७५ लाख रुपैयाँ

नेपाल एसबिआई बैंक : ९० करोड २ लाख रुपैयाँ

माछापुछ्रे बैंक : ८० करोड ७३ लाख रुपैयाँ

राष्ट्रिय बाणिज्य बैंक : ७६ करोड ३० लाख रुपैयाँ

सिटिजन्स बैंक इन्टरनेशनल : ६६ करोड १८ लाख रुपैयाँ

सिद्धार्थ बैंक : ५३ करोड २ लाख रुपैयाँ

नेपाल बैंक :४६ करोड १० लाख रुपैयाँ

कुमारी बैंक : २७ करोड ५७ लाख रुपैयाँ

एनआइशी एशिया बैंक : १५ करोड १७ लाख रुपैयाँ

स्रोत: सम्बन्धित बैंकको वित्तिय विवरण