बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु, काठमाडौंको बलम्बुबाट सिस्नेखोला तीन मिनेटमै पुगिने

२०८१ वैशाख ०३ गते

बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु, काठमाडौंको बलम्बुबाट सिस्नेखोला तीन मिनेटमै पुगिने

काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रुको उद्घाटन गरेका हुन्।

Advertisement:

Ad
Ad

मुख्य सुरुङसँगै रहेको सहायक सुरुङमार्गको यसअघि नै उद्घाटन भएको थियो। यो सुरुङमार्ग तयार भएपछि काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म तीन मिनेटमै आवतजावत गर्न मिल्ने छ।

मुख्य सुरुङमार्ग २.६८८ किलोमिटरको हुनेछ। यो आयोजनाको करिब चार वर्षअघि निर्माणकार्य सुरु भएको थियो।