बाढी र पहिरोले हाइड्रोमा ठूलो असर- २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति

२०८१ असोज १३ गते

बाढी र पहिरोले हाइड्रोमा ठूलो असर- २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति

काठमाडौँ ।  नेपालका विभिन्न निजी क्षेत्रद्वारा प्रवद्र्धित २० वटा जलविद्युत आयोजना बाढी र पहिरोका कारण ठूलो क्षति भोगेका छन्। प्रारम्भिक विवरणअनुसार, यी आयोजनाहरूले २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

यहाँ सबै प्रभावित आयोजनाहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ:

Advertisement:

Ad
Ad

१ . बागमति साना जलविद्युत आयोजना, मकवानपुर (२२ मेगावाट) – प्रवद्र्धक: मान्डू हाइड्रोपावर – क्षति: करिव 1 अर्ब रुपैयाँ (पावर हाउस पूर्णरूपमा डुबेको, बाँध क्षेत्रमा क्षति)

२ . तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (२२ .१  मेगावाट) – प्रवद्र्धक: माउन्टेन हाइड्रो नेपाल – क्षति: करिब २५  करोड रुपैयाँ (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा)

3. हेवाखोला जलविद्युत आयोजना, पाँचथर (१४. ९  मेगावाट) – प्रवद्र्धक:  पाँचथर पावर – क्षति: एकिन हुन बाँकी (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माणका लागि तयारीमा थियो)

4. सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (८६  मेगावाट) – **प्रवद्र्धक: साहस ऊर्जा – क्षति: एकिन हुन बाँकी (हेडवक्र्समा क्षति, उत्पादन बन्द)

5. माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (३  मेगावाट) – प्रवद्र्धक:  सगरमाथा जलविद्युत कम्पनी – क्षति: करिव ५ करोड रुपैयाँ (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)

6. माइखोला जलविद्युत आयोजना, इलाम (९ .६  मेगावाट) – प्रवद्र्धक: सगरमाथा जलविद्युत कम्पनी – क्षति: करिब ७  करोड रुपैयाँ (बाँध र प्रसारणलाइनमा क्षति)

7. फेमे खोला जलविद्युत आयोजना (१  मेगावाट), पाँचथर – क्षति: करिब १0 करोड रुपैयाँ (बाँध र विद्युतगृह पूर्णरूपमा क्षति)

8. सिउरीखोला जलविद्युत आयोजना (५  मेगावाट), लमजुङ – क्षति: करिव २  करोड रुपैयाँ (टेलरेस, इन्टेक र टनेलमा क्षति)

9. सुपरन्यादी जलविद्युत आयोजना (४०  मेगावाट), लामुजुङ – क्षति: एकिन हुन बाँकी (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)

10. इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५  मेगावाट), धादिङ – क्षति: एकिन हुन बाँकी (पहुँचमार्गमा ठूलो क्षति)

11. माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६  मेगावाट), नुवाकोट – क्षति: करिब १० करोड रुपैयाँ (क्याम्प हाउस, पहुँचमार्गमा क्षति,३  वटा कन्टेनर बगाएको)

12. हेवाखोला जलविद्युत आयोजना, पाँचथर (प्रस्तावित ९ .९  मेगावाट) – क्षति: करिव १०  करोड रुपैयाँ (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको)

13. सभाखोला बी जलविद्युत आयोजना (१५ . १  मेगावाट), पाँचथर – क्षति: करिब ७  करोड रुपैयाँ (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको)

14. सभाखोला सी जलविद्युत आयोजना (६ .३  मेगावाट), पाँचथर – क्षति: करिव ३  करोड रुपैयाँ (पहुँचमार्गमा क्षति)

15. लान्द्रुक मोदी जलविद्युत आयोजना (८६ .५९  मेगावाट), कास्की – क्षति: करिव ८ करोड रुपैयाँ (पहुँचमार्गमा क्षति)

16. सुपर त्रिशूली जलविद्युत आयोजना (१००  मेगावाट), नुवाकोट – क्षति: करिब२५  करोड रुपैयाँ (२ वटा स्काभेटर बगाएको, २  वटा लोडर र ३  वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको)

17. लाङटाङ खोला जलविद्युत आयोजना (२0 मेगावाट), रसुवा – क्षति: एकिन हुन बाँकी (बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति)

18. खानीखोला जलविद्युत आयोजना (२  मेगावाट), ललितपुर – क्षति: करिब १०  करोड रुपैयाँ (पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्विचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद)

19. टुङ्गुन ठोस्ने जलविद्युत आयोजना (४३६  मेगावाट), ललितपुर – क्षति: करिब १५  करोड रुपैयाँ (पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्विचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद)

20. माया खोला जलविद्युत आयोजना (१४. ९  मेगावाट), संखुवासभा – क्षति: करबि २  करोड रुपैयाँ (बाँध र पहुँचमार्गमा क्षति)

उपरोक्त जलविद्युत आयोजनाहरूमा भएको क्षतिको यो प्रारम्भिक विवरणले स्पष्ट पार्छ कि बाढी र पहिरोले जलविद्युत क्षेत्रलाई ठूलो असर गरिरहेको छ।