बढ्दो डेङ्गीमा पनि सिटामोल दिन नसकेको आरोपमा औषधी लिमिटेडले गर्यो खण्डन, अभाव नभएको स्पष्टीकरण

२०८१ कात्तिक ०९ गते

बढ्दो डेङ्गीमा पनि सिटामोल दिन नसकेको आरोपमा औषधी लिमिटेडले गर्यो खण्डन, अभाव नभएको स्पष्टीकरण

काठमाडौ । बजारमा सिटामोलको अभाव भएको हल्ला निराधार भएको नेपाल औषधी लिमिटेडले भनेको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन भइरहेको बताए । डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने गुनासो बढेपछि औषधी लिमिटेडले एक सुचना जारी गर्दै सिटामोलको अभाव नभएको स्पष्टिकरण दिएको हो । प्रमुख उत्पादनको रुपमा रहेको सिटामोल नियमित उतपादन भइरहेको छ । औषधी लिमिटेडका सबै स्टकिस्टहरु, सरकारी अस्पताल र तिनै तहका सरकार मातहतका स्वास्थ्य आपुर्ति व्यवस्थापन निकायलाई माग अनुसारको सिटामोल उपलब्ध गराएको कम्पनीले भनेको छ । बढ्दो डेङ्गीलाई ध्यानमा राख्नै नियमित सिटामोल उपलब्ध गराउँने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।

 

Advertisement:

Ad
Ad