अर्थतन्त्र सुधार्न कांग्रेसको सरकार चाहिन्छ: शेखर कोइराला

२०८० पुस १३ गते

अर्थतन्त्र सुधार्न कांग्रेसको सरकार चाहिन्छ: शेखर कोइराला

पाँचथर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यान आकर्षण गराउँदै नेता कोइरालाले अर्थतन्त्र सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न नहुने बताए ।

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन यहाँ आएकाले कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै देशमा सुशासन कायम नहुँदा अराजकता बढेको बताए ।

Advertisement:

Ad
Ad

जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस पाँचथरले आफ्नो पहिलो जिल्ला सम्मेलन आज शुक्रबार फिदिममा आयोजना गर्दैछ ।