अर्थमन्त्रीको दाबी-मौद्रिक नीति परिवर्तनले घरजग्गा र सेयर कारोबार बढ्न शुरु भयो

२०८० मंसिर २७ गते

अर्थमन्त्रीको दाबी-मौद्रिक नीति परिवर्तनले घरजग्गा र सेयर कारोबार बढ्न शुरु भयो

काठमाडौं। मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले घरजग्गा र सेयर बजार बढ्न थालेको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन्। बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनले घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको बताए।

उनले मौद्रिक नीतिको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव परेको भन्दै आर्थिक क्रियाकलाप बढ्दै जाने बताएका छन्। उनले हालै सेयर बजारमा आएको उत्साहले अर्थतन्त्र सकारात्मक भएको संकेत गरेको बताए।

Advertisement:

Ad
Ad