२०८३ वैशाख २९ गते
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा सुधार भएको बताएका छन् । विगतमा केही ठुला लगानीकर्ताले प्रभावशाली नेतालाई गोजीमा राखेर सेयर बजारमा भित्रि कारोबार गर्ने गरेको आरोप पनि उनले लगाएका छन् ।
अर्थसमितिमा उनले भने, 'विगत केही वर्ष यता केही व्यक्तिको कब्जामा सेयर बजार थियो । प्रभावशाली नेतालाई गोजीमा राखेर भित्रि कारोबार हुन्थ्यो । अब यसमा सुधार हुन्छ । नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्डको सुधार सिफारिस समितिले दिएको सुझाव अनुसार नै हुन्छ ।'
'जेनजी आन्दोलन नभएको भए देश भड्खालोमा जाने थियो, सही समयमा आन्दोलन भयो । कम्तीमा यसले सुधारको लागि अवसर दिएको छ', वाग्लेले भने । पुँजी बजारको विषयमा नीति तथा कार्यक्रमले पनि धेरै बोलेको उनले बताए ।
प्रतिक्रिया