अर्थमन्त्रालय प्रवेशमा कडाई  !

२०८३ जेठ ११ गते

अर्थमन्त्रालय प्रवेशमा कडाई  !

काठमाडौं । बजेट सार्वजनिक हुन अब ४ दिनमात्र बाँकी रहदा अर्थमन्त्रालय आसपास र मन्त्रालय भित्रै सुनसान देखिएको छ । मन्त्रालय भित्र छिर्न विशेष कडाइ गरिएको छ । 


अति आवश्यक परेको अवस्थामा मन्त्रालयभित्रैका  कर्मचारीको सिफारिसमा मन्त्रालय भित्र छिर्न पाइन्छ  । मन्त्रीको सचिवालय जाने दुईवटा ढोका भएपनि एउटा ढोकाबाट मात्र छिर्न पाउने व्यवस्था गरिएको छ भने निस्कने बेला पनि सोही ढोका प्रयोग गर्नुपर्ने सुरक्षामा खटिएका अधिकारीहरु बताउँछन् ।

Advertisement:

Ad
Ad


यस अघि मन्त्रीको सचिवालयमा छिरेर त्यहीबाट अर्को ढोका प्रयोग गरी अन्य कर्मचारीहरुसँग भेटघाट गर्न पाइन्थ्यो भने अहिले तल झरेर पुन अर्को ढोकाबाट माथि उक्लनुपर्छ । त्यसमा पनि कसलाई भेट्न जाने हो उसले सुरक्षाकर्मीलाई सिफारिस गरेपछि मात्र जान पाइने व्यवस्था गरिएको छ ।


यस्तै बजेट माग गर्न आउनेहरुको चहलपहल बाहिर खासै देखिदैन ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै सम्बन्धित कार्यक्रम तथा आयोजनाको लागि सम्बन्धित मन्त्रालयलाई नै ‘कन्भिन्स’ गराएर बजेट माग गर्न आग्रह गर्दै आएका छन् ।  यसकारण अर्थमा भिडभाड कम देखिएको हो । 


यद्यपि केही व्यक्तिहरु भने  आफु अर्थमन्त्रालयमा पुगेर आफ्नो क्षेत्रमा बजेट पार्न दबाव दिएको पुष्टि गर्न पनि बाहिरैबाट भएपनि फोटो खिचेर जाने गरेको  मन्त्रालय भित्रका केही अधिकारीहरु बताउँछन् ।