२०८१ चैत २० गते
काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ अध्यक्षका उम्मेदवार बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजय मिश्रकै अगाडि आफ्ना एजेण्डा चोरेको आरोप लगाएका छन् । बुधबार राजधानीमा नेपाल बार एशोसिएशन निर्वाचन समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा एकअर्काबीच आरोप प्रत्यारोप हुँदा श्रेष्ठले आफ्ना एजेण्डै नहुनेले ‘बार सुधार्छु’ भन्दा कसले पत्याउने भनेर प्रश्न गरे ।
सुरुमा सत्तासिन एमाले–काँग्रेस गठबन्धन निकट ‘बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूह’ तर्फबाट अध्यक्षका उम्मेदवार मिश्रले व्यवसायीक कानून व्यवसायी समूह र त्यसतर्फबाटका उम्मेदवार श्रेष्ठमाथि विभिन्न आरोप लगाएका थिए । प्रा।डा।मिश्रले श्रेष्ठमाथि परिलक्षित गर्दै संवैधानिक पदमा रहेर कामकाज गरेकाबाट बार नचल्ने बताउँदै भने,“टिका लगाएर पिर्के सलामी खाएकाहरुले बार चलाउन सम्भव नै छैन् ।” हामीले न्यायालयको सुधार गर्न तथा बारको गरिमा र प्रतिष्ठा माथिउठाउन फैसला अध्ययन समिति गठन गर्ने लगायतका विभिन्न एजेण्ड लिपिबद्ध गरिसकेका छौं” मिश्रले थपे ।
त्यसपछि आफ्नो बोल्ने पालोमा पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमन श्रेष्ठले आफ्नो प्रतिबद्धता पत्र देखाउँदै मिश्रको भनाईको प्रतिबाद गरेका थिए । मौलिक तथा नयाँ एजेण्डा नबनाई हामीले बनाएका एजेण्डाको नक्कल गरि, ‘हाकाहाकी दिनलाई रात पार्दै, लाज पचाउँदै यसो गर्छु उसो गर्छु भनेर हामीले पत्याईदिने रु’ श्रेष्ठले खरो प्रतिवाद गरे । ‘यहाँ उपस्थित अधिवक्ताज्यूहरु तपाईहरुले खोजविन गरे हुन्छ, कि उहाँहरुले कहिले प्रिन्ट गर्नुभयो र हामीले कहिले रु कपि पेष्ट गर्नेहरुबाट बार चल्ला ? के जसको नीति उसैको नेतृत्व भएन भने के हुन्छ रु बार सुधार्ने योजना मिश्र जीकै मान्छेहरुले मौका पाउँदा किन गर्नुभएन ? अनि हामीले ल्याएका एजेण्डा म महासचिव हुँदा केही अभ्यास गरिसकेको पनि हो अब यसलाई अबको कार्यकालमा थप प्रभावकारी बनाउने हो ।’ श्रेष्ठले थपे ।
आगामी चैत २३ गते हुने नेपाल बार एशोसियशनको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दुबै पक्षका कार्यसमिति उम्मेदवारहरुको परिचय गरिएको थियो ।न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन दुवै पक्षले अपिल गरेका थिए ।
प्रतिक्रिया